Fri. Mar 29th, 2024

पछिल्लो समयमा एक साथ तिन देखी चार वटा चलचित्रहरु एकसाथ प्रदर्शनमा आउनु सामान्य नै भइसकेको छ । तर एक साथ तिन देखी चारवटा चलचित्र प्रदर्शनमा आउदा चलचित्रका निर्माताहरुले टाउकोमा हात राख्नु सिवाय अरु केहि पनि भेटेका छैनन् । तर पनि एकै मितिमा चलचित्र प्रदर्शन हुन पनि रोकिएको छैन् त्यहि क्रममा पुष २५ गते चार चलचित्र एक साथ अलनेपाल रिलिज हुने भएको छ । ‘लबसब’,’तथास्तु’,’आभाष’ र ‘अलविदा’ यि हुन पुष २५ गते अलनेपाल रिलिज हुन लागेका चलचित्र । हिजो मात्र चलचित्र अलविदा युनिटले पुष २५ गते चलचित्र प्रदर्शनको मिति तोकेको बताएको हो ।

alvidaकाठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्र अलविदाको प्रदर्शन मिति सार्वजनिक गरिएको थियो भने चलचित्रको ट्रेलर संगीत पनि रिलिज गरिएको थियो । सिराहा, जनकपुर र काठमाण्डौका स्थानमा छायंकन गरिएको चलचित्र अलविदामा हसन खान,आर्यन सिग्देल,अनिता आचार्य र नागेन्द्र रिजालको मुख्य भूमिका रहेको छ । लक्ष्मण रिजालले निर्देशन गरेको चलचित्र अलविदाले मुस्लिम र हिन्दू समुदायको कथा समेटेको बताइएको छ । एचआरके प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको यस चलचित्र कुल ७५ लाखको लगानीमा निर्माण भएको हो । चलचित्र अलविदामा फिल्ममा अष्ट महर्जनको द्धन्दनिर्देशन, रमेश्वर कार्कीको छायाँकन तथा विपिन मल्लको सम्पादन छ ।

%d bloggers like this: