Sat. Apr 20th, 2024

Hrithik-Parisकेहि महिना अगाडी मात्र पुर्वपत्नी सुजैन सगँ सम्बन्ध विक्षेद गरेपछि एक अर्काबाट टाढिएर बसेका बलिउड अभिनेता ऋतिक रोशन प्रेममा परेको खुलासा भएको छ । हलिउडकी नायिका पेरिस हिल्टन सगँ उनको प्रेम सम्बन्ध रहेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । उनीहरुको औपचारिक भेटघाट भर्खरै दुबईमा एउटा रेष्टुरेन्टको ओपनिङको क्रममा भएको थियो बुझिएको छ । तर उनीहरु दुबैजना दुबईका थुप्रै ठाउँहरुमा सँगै घुमेको तस्बिरहरु सार्वजनिक हुन थालेपछि ऋतिक प्रेम सम्बधमा रहेको खुलासा हुन थालेको हो । ऋतिक स्वयंमले पेरिससँगको आफ्नो फोटो इन्स्टाग्राममा पोष्ट गरेका छन् । भारतीय सञ्चार माध्यमले ऋतिकको प्रेम हलिउडकी नायिका पेरिस हिल्टन सगँ रहेको बताउदै आएपनि ऋतिकले भने अहिले सम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

%d bloggers like this: