Fri. Apr 26th, 2024

8यूरोपको बेल्जियममा छायंकन भइरहेको चलचित्र नमस्ते नेपालमा करिब डेढ दशक पुराना कलाकारहरुको जमघट भएको छ । डेढ दशक पुराना कलाकारहरु नरेन्द्र थापा,’सपनाको नौलो संसार’कि नायिका कमला दाहाल, ‘श्रदान्जली’ चलचित्रका निर्देशक तथा ‘घाइते’ का नायक सनम कुमार बैराग र पार्वती अधिकारीले चलचित्र नमस्ते नेपालमा अभिनय गरेका छन् ।
7अभिनेत्री पार्वती १६ बर्षपछि अभिनयमा फर्किएकी हुन भने अभिनेता नरेन्द्र थापा १६ बर्ष, अभिनेत्री कमला ७ बर्ष र निर्देशक सनम कुमार बैराग पनि १६ बर्षपछि एक्सन कटमा फर्किएका हुन । पार्वती र नरेन्द्र बेल्जियम,कमला जर्मनि र सनम लण्डन बस्छन् ।
kamala-dahal
४० प्रतिशत छायंकन सकिसकेको चलचित्र नमस्ते नेपाललाई राजु शाहले निर्देशन गरिरहेका छन् । नमस्ते नेपाल यूनिट तिहार पछि मात्र स्वदेश फर्किने चलचित्रका निर्माता प्रदीप उदयले बताए । चलचित्र नमस्ते नेपाललाई प्रदिप कुमार उदय,श्याम श्रेष्ठ र श्रीजु शाहले सयुक्त रुपमा लगानी गरेका छन् ।
6चलचित्रमा राजु शाहको निर्देशन,दृव्य सुवेदीको छायंकन,बसन्त सापकोटा र ओम सुनारको संगीत,राजेश पाएल राई,पैल्हाद तिमल्सीना,मिलन अमात्य,सोनाली सोतागंको स्वर,चन्द्र पन्तको द्धन्द्ध रहने छ भने चलचित्र नमस्ते नेपालमा सविन श्रेष्ठ,आना बेल्जीयम,श्याम श्रेष्ठ बेल्जीयम,गोपाल ढकाल,अडि बेल्जीयम,जर्ज बेल्जीयम लगायतका कलाकारहरुको चलचित्रमा मुख्य भुमिका रहने छ । वेल्जीयम फ्रान्स, जर्मन तथा युरोपका अन्य मूलुकहरुमा चलचित्रको छायांकन गरिने बताइएको छ ।

%d bloggers like this: