Fri. Mar 29th, 2024

पहिलो चलचित्र अन्तरालबाट राम्रो प्रशंसा कमाउन सफल महिला निर्देशक दीपा बस्नेतले निर्देशन गरेको चलचित्र श्री ५ अम्बरेको ट्रेलर रिलिज भएको छ । आज युटुब मार्फत १ मिनेट ५९ सेकेण्ड लामो ट्रेलर निकै धमकेदार देखिएको छ । चलचित्रमा अभिनय गरेका कलाकारहरुको अभिनय निकै मनमोहक रहेको छ । केहि कमेडि केहि मायाप्रेम केहि अनौठा सपनाहरुलाई चलचित्रको ट्रेलरले देखाउन खोजेको छ ।

shree 5 ambareचलचित्रको ट्रेलर हेर्दा चलचित्रले सजिलै दर्शकको मन जित्न सक्ने देखिन्छ । चलचित्र श्री ५ अम्बरेको चर्चा सगैं चलचित्रको गीत संगीतले पनि यति बेला राम्रै बजार तताइरहेको छ । “यो मनमा हमेशा” , “आँखै अघि जल्यो मेरो” र “दुखियाको दुखि कर्म”बोलको गीतहरु यति बेला दर्शकले गुनगुनाइरहेको पाँउन सकिन्छ । लचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राइ , मार्टिन खान, राज गोदाइली आदी कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई जिवनसाथी फिल्मस्को व्यानरमा टि। एन। आचार्य र दिपक आचार्य निर्माण गरेका हुन् ।

‘श्री ५ अम्बरे’ को ट्रेलर हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=__ZVlA8zhFk

%d bloggers like this: