Wed. Apr 24th, 2024

मंसिर ५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र हमजाएगाले आफ्नो प्रचार प्रसारलाई व्यापकता दिएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको प्रोमो र गीत पनि सार्वजनिक गरिएको छ । दार्जिलिङ तथा खरासाङका नेपालीभाषीहरुमा चर्चित हास्य पात्र दलबहादुर गुरुङ ‘हमजायगा’को चरित्रमाथी निर्माण भएको फिल्म ‘हमजाएगा’लाई सुरेन्द्र पुनले निर्देशन गरेका हुन् ।

downloadविल्सन विक्रम राई , बाबु बोगटी , मनोज आरसी , रवी गिरि , पार्वती राई , ऋचा धिताल , श्याम राई लगायतको चलचित्रमा अभिनय रहेको छ । फिल्ममा बाबु श्रेष्ठको छायाँकन, योगेन्द्र श्रेष्ठको द्धन्द निर्देशन तथा कमल राईको करियोग्राफी रहेको छ । फिल्मलाई टंक गुरूङ, सूर्य ल्वोन, ओम कुमारी पुन र सरस्वती लामाले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्र हमजाएगाको अमेरिकाको न्यूयोर्क शहरस्थित ज्याक्सन हाईटमा आगामी नोभेम्बर १ तारिखका दिन प्रिमियर हुन लागेको छ ।

%d bloggers like this: