Thu. Apr 25th, 2024

चितवनको माडीमा घटेको यर्थाथ घटनामा आधारित भएर निर्माण हुन लागेको चलचित्र रक्तभोग आजबाट फ्लोरमा गएको छ । आज काठमाडौंको भद्रकालीमा चलचित्र रक्तभोगको शुभमुहुर्त गरि चलचित्र आजबाट फ्लोरमा जाने बताइएको छ । चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले चलचित्रको क्लाप बोर्ड ठोकी चलचित्रको शुभारम्भ गरेका थिए भने चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले नरिवल फुटाई चलचित्रको शुभमुहुर्त गरेका थिए ।

??????????समाजमा बढ्दो विद्यमान घटनाहरु मध्ये जल्दोबल्दो हिंसाको रुपमा रहेको बोक्सी प्रथालाई चिरफार गरी समाजमा सकारात्मक सन्देश प्रभाब गर्ने हेतुले चलचित्र निर्माण हुन लागेको चलचित्रका निर्देशक वि.वि फुयालले बताए । चलचित्रले समाजमा राम्रो सन्देश दिने बताउदै फुयालले चितवनको माडीमा घटेको घटनालाई चलचित्र रक्तभोगले उठाउन खोजेको बताए । त्यसै शुभमुहुर्त कार्यक्रमका प्रमुख अतिथी चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले वि.वि फुयालले निर्देशन गर्न लागेको चलचित्र रक्तभोग राम्रो बन्ने विस्वास व्यक्त गर्दै चलचित्रको निर्माण पक्षलाई चलचित्र निर्माणको शुभकामना पनि दिए ।

??????????सोहि कार्यक्रममा बोल्दै चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले चलचित्रलाई आफुहरुले समाजमा केहि परिवर्तन ल्याउन प्रयास स्वरुप चलचित्र निर्माणको थालनी गरेको बताए । माडीमा घटेको यर्थाथ घट्नालाई चलचित्रले देखाउन खोज्ने बताउदै तिवारीले आजबाट नै चलचित्र रक्तभोगको छायंकन चितवनको माडीबाट सुरु हुने बताए ।चलचित्रलाई पवन गौतमले खिच्ने छन् । चलचित्रमा सारिका घिमिरे,शैलेश पौडेल,ज्योति सापकोटा,रचना पौडेल,रामचन्दै लम्साल,कृष्णराज तिवारी आदी कलाकारहरुको अभिनय रहने छ । चलचित्रको निर्माता तथा कथा रामचन्द्र लम्सालको रहेको छ ।

%d bloggers like this: