Mon. Aug 8th, 2022

कात्तिक ७ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र लज्जाको दोस्रो ट्रेलर रिलिज भएको छ । पछिल्लो समय निकै आशावादी चलचित्रको रुपमा हेरिएको चलचित्र लज्जाको दोस्रो ट्रेलरमा आर्यन र शिल्पाको माया प्रेमलाई देखाउन खोजेको छ । छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लज्जामा आर्यन सिग्देल, शिल्पा पोखरेल, मिथिला शर्मा, हिउँवाला गौतम, कमलमणी नेपाल, कृष्ण गीरी, निराजन लुईटेल, सरोज बख्रेल, सागर लम्साल, लगायतको अभिनय रहेको छ ।

lazzaनवल नेपालले निर्देशन गरेको चलचित्र लज्जालाई छविराज ओझाले निर्माण गरेका हुन् । चलचित्रमा दिजेन्द्र शाक्यले पनि लगानी गरेका छन् । चेतन सापकोटाको संगीत ,कविराज गहतराजको नुत्य ,मदन कस्यप घिमिरेको छायांकन ,चन्द पन्तको एक्शन तथा अनन्त थपलियाको सम्पादन रहेको छ । एक यूवतीले घरदेखि कार्यलयसम्म सहनु पर्ने पीडालाई चलचित्र लज्जाले देखाउन खोजेको छ ।

चलचित्र ‘लज्जा’ को दोस्रो ट्रेलर हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=7k7iqSWE2N4