Fri. Mar 29th, 2024

यति बेला निकै चर्चामा रहेको कामना अवार्डमा वितरण गरिने ट्रफिको नमूना सार्वजनिक भएको छ । मंसिरमा हुन सक्ने बताइएको उक्त कामना अवार्ड सिजी इन्टरटेनमेन्टको सहकार्यमा पहिलोपटक हुन लागेको हो । गोलाकार पृष्ठभूमिमा नमस्ते गरिरहेको सार्वनजिक ट्रफिमा कामना न्यूज पब्लिकेशनको लोगोसमेत अवार्डको नमूनामा देख्न सकिन्छ । कामना अवार्डमा २०७० साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका फिल्मलाई अवार्डमा समावेश गरिएको छ । सीजी इन्टरटेनमेन्ट र कामना सिने मासिकको प्रकाशन गृह कामना न्यूज पब्लिकेसन्स्बिच ५ वर्षसम्म अवार्ड आयोजना गर्ने गरीसम्झौता भएको छ । कामना अवार्ड कुल ३१ विधामा वितरण गरिनेछ ।

cg awaकामना फिल्म अवार्डका विधाहरु

मुख्य अवार्डहरु
१. सर्वोत्कृष्ट चलचित्र
२. सर्वोत्कृष्ट निर्देशक
३. सर्वोत्कृष्ट अभिनेता
४. सर्वोत्कृष्ट अभिनेत्री
५. सर्वोत्कृष्ट खलपात्र
६. सर्वोत्कृष्ट हास्य कलाकार
७. सर्वोत्कृष्ट सह–अभिनेता
८. सर्वोत्कृष्ट सह–अभिनेत्री
९. सर्वोत्कृष्ट संगीतकार
१०. सर्वोत्कृष्ट गीतकार
११. सर्वोत्कृष्ट पाश्र्व गायक
१२. सर्वोत्कृष्ट पाश्र्व गायिका
१३. सर्वोत्कृष्ट नवनिर्देशक
१४. सर्वोत्कृष्ट नवअभिनेता
१५. सर्वोत्कृष्ट नवअभिनेत्री
१६. सर्वोत्कृष्ट बालकलाकार

प्राविधिक अवार्ड
१. सर्वोत्कृष्ट कथा
२. सर्वोत्कृष्ट पटकथा
३. सर्वोत्कृष्ट संवाद
४. सर्वोत्कृष्ट छायांकन
५. सर्वोत्कृष्ट सम्पादन
६. सर्वोत्कृष्ट नृत्य निर्देशन
७. सर्वोत्कृष्ट ध्वनि मिश्रण
८. सर्वोत्कृष्ट पाश्र्व संगीत
९. सर्वोत्कृष्ट द्धन्द्ध निर्देशन
१०. सर्वोत्कृष्ट शृङ्गार

सम्मान समर्पण
१. एक लाख रुपियाँ नगदसहित लाइफ टाइम अचिभमेन्ट सम्मान

क्रिटिक्स अवार्ड
१. सिजी संगीत क्रिटिक्स अवार्ड
२. सिजी फेशन क्रिटिक्स अवार्ड
३. सिजी नाटक क्रिटिक्स अवार्ड

जुरी अवार्ड
१.जुरी अवार्ड (फिल्म, कलाकार वा प्राविधिक)

%d bloggers like this: