Fri. Mar 29th, 2024

काठमाण्डौ । ‘हरियो डाँडा माथि हलो जोत्ने साथी’ ‘आईपुग्यौ रेलैमा, नौबजे बेलैमा’, ‘साँहिली रिमै चौरी गाई’, ‘झर्यो रिमै मधु बनैमा’, ‘सुन मेरो निरमाया’, ‘नेपालीले माया मार्यो वरिलै’ जस्ता चर्चित गीतहरु गाएका लोकगायक, कवि तथा प्राज्ञ धर्मराज थापाको मंगलवार निधन भएको छ । उच्च रक्तचाप तथा प्यारालाइसिसबाट लामो समय देखी थलिएका गायक थापाको मंगलबार बिहान ५ बजे स्वम्भु स्थित आफ्नै निवासमा निधन भएको हो । वि.सं. १९८१ साउन १ गते पिता हर्कबहादुर र माता मनमायाका सुपुत्रका रूपमा कास्की जिल्लाको बाटुलेचौरमा उहाँको पार्थिक शरीरलाई श्रदान्जलीको लागि ११ बजे देखी २ बजे सम्म प्रज्ञा प्रतिस्ठानमा राखिने बताइएको छ ।

10698430_708719715876877_9119792946325606997_n२०१३ सालमा राजा महेन्द्रबाट जनकवि केसरीको उपाधि पाएका थापा आम रुपमा जनगायकका रुपमा चिनिन्छन् । २००८ सालमा कर्मचारीलाई उक्साएर हड्ताल गरेबापत गोर्खापत्रको मुखियाबाट खोसुवामा परेका थापा डाक्टर केआइ सिंहको बिद्रोहमा समर्थन गरेकोमा ३० दिन जेलपरेपछि त्यसपछिको एक वर्ष भारतका देहरादुन, भाक्सु, आसाम, दार्जिलिङ, सिक्किम लगायतका ठाउँमा लोक भाका गुञ्जाएका थिए । त्यही बेला नेपालीले माया मा¥यो बरी लै, झमझम परेली, हाम्रो तेन्जीङ शेर्पाले, धुरुधुरु नरोऊ आमा, लगायतका गीतहरु कलकत्ताको एचएमभी कम्पनीमा रेकर्ड गराएका थिए । मदन पुरष्कार गुठीले २०२५ सालको साहित्यतर्फको मदन पुरस्कार धर्मराज थापाको ‘मालती मङ्गले’ काव्यलाइ प्रदान गरेको थियो । त्यस्तै २०५७ सालमा गुठीले जगदम्बा श्री पुरष्कार जनकवि केसरी थापालाई प्रदान गरेको थियो । थापाका १ सय भन्दा बढि गीत रेकर्ड भएका छन् भने थापाका गीत, कविता, लेख, साहित्य, संस्कृति, यात्रा संस्मरण लगायत २९ वटा कृति प्रकाशित छन् ।

%d bloggers like this: