Sat. Apr 20th, 2024

कुनै बर्ष निकै चर्चित गीत ‘पोइला जान पाम’ गीत गाए पछि विबाद सगै चर्चा कमाएकी गायिका तथा नायिका कोमल ओली अब चलचित्र निर्देशन र निर्माण गर्ने भएकी छिन् । चलचित्र राजनितिकबाट चलचित्रमा डेब्यु गरेकी गायिका कोमल ओली अब चलचित्र निर्देशन र निर्माण गर्न लागेकी हुन् । उनकै चर्चित तिजको गीत ‘पोइला जान पाम’ नामक चलचित्र निर्देशन र निर्माण गर्न लागेको ओलीले बताइन् ।

komal oliनारी प्रधान कथामा बन्ने ‘पोइला जान पाम’ मा आफु नै मुख्य पात्र रहेको बताउदै ओलीले फिल्मको कथा पनि आफ्नै रहेको कोमल ओलीले सञ्चारकर्मीहरुलाई बताएकी छिन् । हालै फिल्मको स्कृप्ट सकाएको र अब चाडैं चलचित्रको अन्तिम तयारीमा आफु लाग्ने कोमल ओलीले बताइन् । कोमल ओली अभिनित चलचित्र दबदबा रिलिजको तयारीमा रहेको छ ।

%d bloggers like this: