Sat. Apr 20th, 2024

hhhhhhhhhhhपछिल्लो समयमा बलिउड कलाकारहरु नेपाल आउने क्रम बढ्दै गएको छ । अमिताभ बच्चन,अक्षय कुमार,आमिर खान,जितेन्द्र जस्ता कलाकारहरु नेपाल आइसकेको अबस्थामा बलिउड कलाकाहरुको आखाँमा नेपाल यति बेला विषेश स्थानमा रहदैं आएको छ । त्यहि क्रममा अब आउदो शनिबार बलिउड चलचित्र वीरकी नायिका जरिन खान पनि नेपाल आउने भएकी छिन् । उनी काठमाडौंको सोल्टी होटलमा आयोजना हुन लागेको बल्कबष्टर फ्याशन ईभेन्टस् पनास ग्यालेक्सी अफ स्टार नामक कार्यक्रममा उनी नेपाल आउन लागेको ईभेन्ट्स कोर्डिनेटर सन्तोष सिवाकोटीले बताएका छन् । जरिन खान सगँ भारतीय मोडल एवं कलाकार एजाज खान पनि साथमा आउदैंछन् । उनीहरुलाई बलिउड कष्ट्यूम डिजाईनर विशाल कपूर र स्वेता सिरोहियाका पहलमा नेपाल ल्याउन लागिएको हो । र्‍याम्प शो आउने शनिवार राति सात बजे देखि सोल्टी होटलमा हुँदैछ ।

%d bloggers like this: