Fri. Apr 19th, 2024

babu bogatiपछिल्लो समयमा बाबु बोगटी गीत गाउनमा भन्दा पनि चलचित्रमा अभिनय गर्ने मनसायमा रहेको देखिएको छ । त्यहि भएर पनि होला उनले करिब आधा दर्जन चलचित्रमा अभिनय पनि गरिसेकका छन् । सुरुमा गायकको नामबाट परिचित बाबु पछिल्लो समयमा नायकको रुपमा पनि चिनिन् थालेका छन् । उनको अभिनयलाई दर्शकले पनि निकै मन पराएको पाइएको छ । उनी अभिनित पछिल्लो चलचित्र हमजाएगा यहि मंसिर ५ गते अलनेपाल रिलिज हुदैं गर्दा उनले आफ्नो गीती एल्बम बजारमा ल्याएका छन् । उनको पाचौ एल्बम ‘रेस्पेक्ट’ बजारमा आएकोे बाबुले सञ्चारकर्मीहरुलाई बताएका छन् । उक्त एल्बममा ७ वटा गीत रहेका छन् । तर हाल संचारमाध्यममा एउटा मात्र गीत सार्वजनिक गरेको गरिएका छ । सार्वजनिक गीत ‘साली ओ साली’ बोलको गीतलाई बासुदेव मुनालले लेखेका छन् । उक्त सार्वजनिक गीतको अडियो र भिडियो पनि सार्वजनिक गरिएको छ । बाबुका अनुसार चलचित्र हमजाएगा र एल्बमको प्रचारमा एकसाथ लाग्ने बताए ।

%d bloggers like this: