Thu. Jan 23rd, 2025

मंसिर १९ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र रंग बैजनीको अफिसियल टिजर रिलिज भएको छ । करिब आधा दर्जन भन्दा बढि सफल चलचित्र निर्देशन गरिसकेका निर्देशक शम्भु प्रधानले १२ बर्ष पछि निर्देशन गरेको चलचित्र रंग बैजनीको अफिसियल टिजरमा नायक दिक्पाल कार्की,नायिका सुमिना घिमिरे र गरिमा पन्तको माया प्रेम साथै द्धन्द्धात्मक भुमिका चलचित्रको टिजरमा देख्न सकिन्छ ।

rang baijaniचलचित्रमा दिक्पाल कार्की,गरिमा पन्त र सुमिना घिमिरे नै मुख्य भुमिकामा देखिएका छन् । चलचित्रलाई नुतन प्रधानले निर्माण गरेकी हुन् । नुतन शम्भु प्रधानका श्रिमती समेत हुन् । चलचित्रलाई सशांक प्रधानले खिचेका हुन्। ‘स्वर्ग’, ‘आर्शीवाद’, ‘बेहुली’ ‘सम्झना’, ‘सम्पति’, ‘१६ वर्षे जोवन’ जस्ता चर्चित चलचित्रहरु नेपाली आम दर्शक माझ पसिकसकेका शम्भुले नारि प्रधान चलचित्र रंग बैजनी भएका कारण आम दर्शकले चलचित्र रंग बैजनीलाई पनि मनपराउने प्रधानले बताएका छन् ।

चलचित्र ‘रंग बैजनी’ को टिजर हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=Y09RGezok0g#t=89