Thu. Mar 28th, 2024

असोज ३१ गते अलनेपाल रिलिजको पुर्ण तयारीमा रहेको चलचित्र आगो २ लाई सेन्सर बोर्डले प्रदर्शनमा रोक लगाएको छ । प्रदर्शनको अन्तिम तयारीमा रहेको बेला एक्कासी सेन्सर बोर्डले चलचित्र प्रदर्शनमा रोक लगाएपछि यति बेला चलचित्र युनिट आक्रोशित बनेको छ । चलचित्र युनिटले आज एक प्रेस विज्ञप्ती जारी गरि चलचित्र सेन्सर बोर्डले आफूहरुलाई दुःख दिएको बताइएको छ । सेन्सर बोर्डले बारम्बार बोलाएर पनि समय नदिएपछि आफूहरुलाई ठूलो क्षती पुगेको भन्दै चलचित्र युनिटले आगो २ असोज ३१ गते प्रदर्शन नहुने बताएको छ ।

aago 2निर्माता कर्ण थापा र एस.के.एन सिनेमा प्रालीका अध्यक्ष किसान पोख्रेलले जारी गरेको विज्ञप्तीमा गणतन्त्र आएपछि पनि सेन्सर बोर्डको दृष्टिकोणमा परिवर्तन नआइसकेको जनाइएको छ । चलचित्र राम्रो सगँ नहेरी चलचित्र प्रदर्शनमा रोक लगाएको भन्दै चलचित्र युनिटले अब आफुहरु अदालतको ढोका समेत ढकढकाउने बताएको छ । मदन घिमिरेले निर्देशन गरेको चलचित्र ‘आगो २’ जनता र पत्रकारलाई नायक बनाएर निर्माण गरिएको चलचित्र युनिटले बताएको छ । चलचित्रलाई किसान पोखरेलले निर्माण गरेका हुन् । चलचित्र ‘आगो २’ मा सुशिल क्षेत्री,प्रिया रिजाल, सारिका घिमिरे लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।

%d bloggers like this: