Fri. Apr 19th, 2024

पछिल्लो समयमा निकै व्यस्त नायिका नीता ढुंगाना अहिले विभिन्न चलचित्रको शिलशिलामा व्यस्त छिन् । त्यहि क्रममा निर्देशक दिनेश डिसीद्धारा निर्देशित फिल्म फूलै फूलको मौसम तिमीलाईको छायंकनमा आफु व्यस्त रहेको निताले मनोरञ्जन संसारटडकमलाई बताइन् । छायंकनकै क्रममा हिजो दरबारमार्गमा चलचित्र फूलै फूलको मौसम तिमीलाई को छायंकन भइरहेको अबस्थामा चलचित्रकी नायिका नीता ढुंगाना पोलमा चडेर कसैलाई फूल दिन खोजिरहेको पाइयो ।

DSC_7818एक छिन् त त्यहाँ उपस्थित भएका सबै दगं परे आखिर पोलमै चडेर कसलाई फूल दिन खोज्दैछिन् त निता भनेर तर एक छिन् मै चलचित्रका नायक आमेश ढुङ्गानालाई निताले उक्त फूल पोलमै चडेर दिन खोजेकी रहेछिन् । त्यस पछि पो थाहा भयो चलचित्रको शिलशिलामा निताले उक्त फूल पोल मै चडेर दिन खोजेकी रहेछिन् भन्न् । दिनेश डिसीले आफ्नै होमप्रोडक्सन कम्पनीबाट ‘फूलै फूलको मौसम तिमीलाई’ निर्माण गरिरहेका छन् ।

DSC_7797जसमा नीता ढुंगाना र आमेश भण्डारी मुख्य भूमिकामा देखिएका छन् । करिब ८१ लाखको बजेटमा बन्ने फिल्मलाई दिनेश डिसीले निर्देशन गरेका छन् । प्रेमकथामा आधारित चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ प्रसिद्ध गीतकार रत्न शम्शेर थापाले लेखेको तथा तारा देविले गाएको गीत ‘फूलै फूलको मौसम तिमीलाई’ को अधिकार स्वीकृति लिएर डिसीले यो फिल्म बनाउन लागेका हुन। हाल चलचित्रको छायंकन धमाधम भइरहेको निर्देशक डिसीले बताए ।

DSC_7788८१ लाखको बजेटमा निर्माण हुदै गरेको चलचित्र फूलै फूलको मौसम तिमीलाई पुरुषोत्तम प्रधानले खिच्ने छन् भने संगीत सुरेश अधिकारी र अमुल कार्कीको रहनेछ । रामजी लामिछानेको र नरेशबीर सिंहको कोरियोग्राफी रहने छ भने द्वन्द्व एनबी महर्जनको हुने छ। राजेश पायल राई, बानिका प्रधान र स्वयम निर्देशक डिसीले सिनेमाका गीत गाएका छन।

%d bloggers like this: