Thu. Apr 25th, 2024

करिब ५०० भन्दा बढि चलचित्रमा अभिनय नगरिसकेका महानायक राजेश हमालले चलचित्रमा धेरै पटक कविता बाचन गरे होलान् सायद तर वास्तविक जीवनमा भने राजेश हमालले कविता बाचन गरेको प्राय पाइदैन् । किनकी उनी कवितामा भन्दा पनि बढि चलचित्रमा समय दिन रुचाउछन् । तर कात्तिक ३ गते राजेश हमालले १० मिनेट लामो कविता बाचन गर्ने भएका छन् । त्यो पनि हङकङ पुगेर । कात्तिक ३ गते हङकङमा हुन लागेको सातौं नेफ्टा फिल्म अवार्डमा महानायक राजेश हमालले १० मिनेट लामो कविता बाचन गर्न लागेका हुन् त्यो पनि स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली स्वरुप । राजेश हमालले हङकङमा हुन लागेको सातौं नेफ्टा फिल्म अवार्डमा श्रीकृष्णलाई सम्झदै १० मिनेट लामो कविता बाचन गर्ने छन् । राजेश हमालले बाचन गर्ने १० मिनेट लामो कविता बाचन कस्तो होला अहिले त्यो सबैको कौतुहल्ताको विषय बनेको छ । तर जे होस कात्तिक ३ गते सबैलाई पक्कै थाहा हुने नै छ राजेश हमालको कविता कस्तो थियो भन्ने !

rajesh hamalत्यहि क्रममा नेपालका चर्चित कलाकारहरुले श्रीकृष्णलाई सम्झदै उनले अभिनय गरेका चलचित्रको गीतमा जीवन लुईंटेल,सौगात मल्ल,झरना थापा,नन्दिता केसी,दीलिप रायमाझी, केकी अधिकारी, सुदर्शन थापा, गौरव पहारी, निता ढुंगाना, पूजा शर्मा,मलिना जोशी, अर्पण थापा लगायतले सातौं नेफ्टा फिल्म अवार्डमा नृत्यका साथै गीत प्रस्तुत गर्ने छन् । सोहि क्रममा नेफ्टा अवार्डबाट करिश्मा मानन्धरलाई सदाबाहार नायिकाको घोषणा पनि गरिने भएको छ । नेफ्टा अवार्डलाई रिद्धी सिद्धी ज्वेलर्सले ब्रान्ड ईन्डोर्सको रुपमा सहकार्य गर्दैछ । रिद्धी सिद्धी ज्वेलर्स हङकङमा हुने नेफ्टा अवार्डको मुख्य प्रायोजक हुने छ । कात्तिक १ गते अवार्डका लागि कलाकारहरु हङकङ जाने कार्यक्रम रहेको छ । कार्यक्रममा सञ्चारमन्त्री मिनेन्द्र रिजाल र एनआरएन अध्यक्ष शेष घले बिशेष अतिथी रहने नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले बताए ।

nefta-awardनेपालको तर्फबाट निर्माता सुनिल कुमार थापाको कम्पनी एस.के.थापा प्रोडक्सन र हङकङ तर्फबाट विनय शाहको संयोजकत्वमा रहेको कम्पनी ग्रेट पर्फेक्ट लिमिटेडले चलचित्र प्राविधिक संघ संग सहकार्य गरि सो अवार्ड हङकङमा हुन लागेको हो । कात्तिक ३ गते हङकङमा हुने उक्त कार्यक्रममा करिब २०० जना नेपाली कलाकारहरु हङकङ जाने छन् । त्यो व्यबस्था रिद्धी सिद्धी ज्वेलर्सले मिलाउने छ । यस संस्करणका लागि कुल ३४ विधामा मनोनयन सार्वजनिक गरेको छ । यस भन्दा अघि नेपाल चलचित्र प्रबिधिक संघका अध्यक्ष मनोज केसीको अध्यक्षतामा मलेसियामा नेफ्टा अवार्ड सम्पन्न भएको थियो । चलचित्रमा कार्यरत प्राविधिकहरुको हकहितमा लागी लड्दै आएकोे नेपाल चलचित्र प्रबिधिक संघले विभिन्न देशहरुमा यस अघि पनि नेफ्टा अवार्ड सम्पन्न गरिसकेको छ ।

%d bloggers like this: