Thu. Apr 25th, 2024

करिब दुई साता देखी एकलौटी हलहरुमा प्रदर्शन भइरहेको चलचित्र हिम्मतवालीलाई अब धक्का पुग्ने भएको छ । विराज भट्ट अभिनित चलचित्र कब्जा दर्शक माझ आउने भएको छ । अब आउने शुक्रबार प्रदर्शन हुन लागेको चलचित्र कब्जाले दर्शक माझ राम्रै छाप छोड्ने बताइएको छ । त्यसैले पनि रेखा थापाको चलचित्र हिम्मतवालीलाई अब चलचित्र कब्जाले धक्का पुराउने भएको हो ।

rekha nad birajविराज र रेखाको सम्बन्ध पानीबाराबारको अबस्थामा भएको बेला अब दुई स्टारको चलचित्र मध्य कसको चलचित्रले दर्शकको मनमा कब्जा जमाउने हो त्यो अब आउने शुक्रबारबाट नै थाहा हुन्छ । राजु गिरीद्धारा निर्देशित चलतित्र कब्जामा विराज भट्टका भाई कृष्णा भट्ट,शुभेक्छा थापा,खुसी काफ्ले,राजन सेडाईँ लगायतले चलचित्रमा अभिनय गरेका छन् । शुक्रबार चलचित्र आगो २ प्रदर्शन हुने पक्का भएता पनि केहि प्राविधिक कठिनाईका कारण सो मितिमा चलचित्र आगो २ प्रदर्शन नहुने भएपछि चलचित्र कब्जाले उक्त दिन प्रदर्शन मिति तय गरेको हो । चलचित्रलाई ईश्वर तिवारीले निर्माण गरेका हुन् ।

%d bloggers like this: