Fri. Apr 19th, 2024

Alia_Bhatt22-10386एन्टी वायरेस बनाउने एक कम्पनीले गरेको सर्भेका अनुसार आलिया भट्ट इन्टरनेटमा सबैभन्दा धेरै खोजिने सेलिबे्रटी बनेकी छिन् । इन्टरनेटमा बढी खोजिने सेलिब्रेटीको दौडमा बलिउड स्टार आमिर खानलाई पछार्दै आलियाले अगाडि आएकी हुन् । आलियाले आमिरलाई मात्र होइन, प्रियंका चोपडाजस्ता धेरै चर्चित अनुहारहरुलाई पछि पारेकी छिन् । भारतको दस सबैभन्दा बढी चर्चित सेलिबे्रटीहरुमा आलिया उच्च स्थानमा आइपुगेकी हुन् । आलियापछि दोस्रो स्थानमा आमिर खान रहेका छन् । आमिर खानलाई उनको पिके पोस्टरका कारण सबैभन्दा धेरै खोजिएको थियो ।

%d bloggers like this: