Sat. Apr 27th, 2024

HAMJAYAGA-nepali-movieदार्जिलिङ तथा खरासाङका नेपालीभाषीहरुमा चर्चित हास्य पात्र दलबहादुर गुरुङ ‘हमजायगा’को चरित्रमाथी निर्माण भएको फिल्म ‘हमजाएगा’ नेपालमा प्रदर्शन हुन भन्दा अगाडी नै अमेरिकामा प्रिमियर हुने भएको छ । अमेरिकाको न्यूयोर्क शहरस्थित ज्याक्सन हाईटमा आगामी नोभेम्बर १ तारिखका दिन हमजाएगाको प्रिमियर हुन लागेको चलचित्रका निर्देशक सुरेन्द्र पुनले बताए । फिल्ममा बाबु बोगटी, विल्सन विक्रम राई, पार्वती राई, रिचा धिताल, मनोज आरसी, प्रज्वल गिरी, रवि गिरी, रामचन्द्र अधिकारी, रेशम फिरिरी लगायतको अभिनय रहेको छ । फिल्ममा बाबु श्रेष्ठको छायाँकन, योगेन्द्र श्रेष्ठको द्धन्द निर्देशन तथा कमल राईको करियोग्राफी रहेको छ । फिल्मलाई टंक गुरूङ, सूर्य ल्वोन, ओम कुमारी पुन र सरस्वती लामाले संयुक्त रूपमा निर्माण गरेका हुन् । नेपालमा भने चलचित्र हमजाएगा मंसिर ५ गते अलनेपाल रिलिज हुदैछ ।

%d bloggers like this: