चितवनमा ढकाल सुमधुर साझँ सम्पन्न

काठमाडौंमा केहि महिना अगाडी मात्र भब्य रुपमा ढकाल सुमधुर साँझ सम्पन्न भए लगत्तै असोज २४ गते अर्थात हिजो बेलुका अर्को चितवनमा ढकाल सुमधुर साँझ सम्पन्न भएको छ । चितवनमा पहिलो पटक भएको गायक रामकृष्ण ढकालको एकल गायन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको आयोजक समितिले बताएको छ । सेढाई होल्डिङसको आयोजना तथा दाताज ईभेन्टसको ब्यवस्थापनमा भरतपुरको होटल गार्डेन रिसोर्टमा “ढकाल सुमधुर साँझ २०७१” सम्पन्न भएको हो ।

10339760_862865610413877_4592807868673419068_nकार्यक्रममा गायक रामकृष्ण ढकाललाई लोकप्रिय गायिका रिमा गुरुङ होडा र ढकालकी छोरी रानि ढकालले गायनमा साथ दिइएका थिए । ढकाल सुमधुर साँझमा हास्य कलाकार संदिप क्षेत्रि हाँस्य प्रस्तुत गरेका थिए भने संचारकर्मि नरेश भट्टराईले कार्यक्रमको उदघोषण गरेका थिए । ढकाल सुमधुर साँझ हेर्नका लागी करिब ३०० जना भन्दा बढिको उपस्थिति रहेको थियो । गायक रामकृष्ण ढकालले ‘ओराली लागेको’,’बाचुन्जेलीलाई’,’कति कुरा मुखले’,’जुनी काट्ने हजार भेटिन्छन्’ जस्ता चर्चित गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

Back To Top