Sat. Apr 20th, 2024

पूर्वको विराटनगरमा जन्मी काठमाडौंबाट उच्च शिक्षा हासिल गरेकी तथा छविराज प्रोडक्सन हाउसबाट निर्माण भएको चलचित्र लज्जाबाट डेब्यू गरेकी नायिका शिल्पा पोखरेलले १ सय ५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। कात्तिक ७ गते अलनेपाल रिलिजको तयारीमा रहेको नवल नेपालद्वारा निर्देशित चलचित्र लज्जामा चर्चित नायक आर्यन सिग्देलसँग उनी नायिकाको भूमिकामा देखिँदै छिन्। रेखा थापाको स्थान र चर्चासँग दाँज्न नसुहाउने बताउने शिल्पाले लज्जा सगै चलचित्र हवलदार सुन्तलीमा पनि अभिनय गरिसकेकी छिन् । तिनै व्यस्त नायिका शिल्पा पोखरेल सगँ मनोरञ्जन संसारडटकमका सहकर्मी मनिष दाहालले लिनुभएको संक्षिप्त कुराकानी :-

silpa

शिल्पा जी पछिल्लो समय के मा व्यस्त ?
मैले अभिनय गरेको पहिलो चलचित्र लज्जाको प्रमोशनमा नै व्यस्त छु आज भोली ।

लज्जा कस्तो खाल्को चलचित्र हो ?
पुर्णतया नारिप्रधान चलचित्र हो । एउटा युवती घरबाट अफिस नस्केको घटना देखी अफिसबाट घर आउनजेल सम्मको घटनालाई चलचित्रले देखाउन खोजेको छ ।

तपाईको भुमिका चै कस्तो छ चलचित्रमा ?
मैले समग्र नेपाली महिलाहरुको प्रतिनिधित्व गरेको छु ।

चलचित्र लज्जा हेर्न किन दर्शकहरु हल सम्म जाने ?
म जसरी पनि जानु भन्दिन तर के हो भने चलचित्र लज्जाले समाजमा घटिरहेका घटनाहरुलाई देखाउन खोजेको छ । चलचित्रले मर्मस्पर्शी सन्देश दिन खोजेको छ त्यसैले एक पटक चलचित्र हेरिदिन आग्रह गर्छु । मलाई विस्वास छ चलचित्र लज्जाले सबैको मनमुटु छुन्छ ।

चलचित्र लज्जाले छविराज ओझा र तपाईलाई नजिक बनायो नी है ?
चलचित्र लज्जाकै कारणले चै होइन । स्वभाविक हो चलचित्र निर्माण भएपछि चलचित्र युनिट प्रचार प्रचासमा व्यापक रुपमा लाग्नु पर्छ सायद यस कारणले तपाईले भन्नु भएको होला नभए चलचित्र लज्जाकै कारण हामी नजिक बनेको भन्नु कुरा चै होइन ।

बजारमा त गजबको हल्ला छ नी तपाईलाई छवि जीले बिबाहको प्रस्ताब राखेका थिए भन्ने ?
यो सरासर गलत हो । छवि बाले मलाई कहिले पनि बिबाहको प्रस्ताब नै राख्नु भएको छैन् । मिडियाले बनाएको यो सब बनावटी कुरा हुन् ।

lazza-final1यदि छवि जीले तपाईलाई बिबाहको प्रस्ताब राख्नु भयो भने ?

अहँ । मलाई लाग्छ छवि बाले त्यसो गर्नु हुन्न ।

उसो भयो छविराज ओझा शिल्पाको आखाँमा कस्तो मान्छे ?
मेरो बुबा सम्मान मान्छे हुनुहुन्छ । मलाई सहि के हो गलत के हो भन्ने सिकाउनु हुन्छ । मेरो लागी छवि बा भगवान ।

छविराज ओझा सगँ चै कसरी भेट भो ?
नृत्य निर्देशक शंकर विसी जी सगँ छवि बाको राम्रो चिनजान रैछ,त्यहि क्रममा एउटा म्युजिक भिडियो मेरो छवि बा ले हेर्नु भएको रहेछ त्यस पछि सायद म चलचित्रमा योग्य हुन्छु भन्ने ठान्नु भएछ क्यारे अनि मलाई भेट गर्नुभयो । त्यहि नै हो उहाँ सगँको मेरा भेट ।

तपाईले रेखालाई टक्कर दिन्छु भनेर भन्नु भएको थियो रे नी हो ?
मलाई एउटा कुरा अचम्म लाग्छ बोल्दै नबोलेको कुरा पनि कसरी बन्छ समाचार भन्ने । जुन कुरा मैले बोल्दै बोलेको छैन त्यस कुरालाई म कसरी पृष्टी पारौ । म रेखा थापा जस्तो बन्न चाहान्छु म उहाँको निकै ठुलो फ्यान हुँ तर मैले रेखालाई एक दिन टक्कर दिन्छु भनेर मैले भनेकै छैन् । सायद म एउटी केटी भएर मिडियाले पनि मलाई यस्तो व्यबहार गरेको हुनसक्छ ।

त्यसो भयो तपाईको टक्कर नेपाली सिनेनगरिका कुनै पनि नायिका सगँ होइन ?
अहाँ होइन । म आफ्नो बाटोमा छु अरु आफ्नै बाटोमा हुनुहुन्छ ।

अन्तत चलचित्र लज्जा र आफ्नो विषयमा आम पाठकलाई केहि भन्न चाहानु हुन्छ ?
म यति भन्न चाहान्छु कि छवि बा र मेरो बारेमा जे हल्ला बजारमा आएका छन् ति सब गलत हुन् । र रेखा थापालाई म टक्कर दिन आएको भन्ने हल्ला पनि गलत हो । म रेखालाई टक्कर दिन आएकी नायिका हुँ भनेर चिनिन् चाहान्न म एक असल नायिकाको रुपमा चिनिन् चाहान्छु त्यसैले बजारमा आएका यस्ता हल्लाहरुको पछि नलागी दिन म आग्रह गर्दछु । र कात्तिक ७ गते अलनेपाल चलचित्र लज्जा प्रदर्शन हुदैछ एक पटक कृपया हेरिदिनु होला । मेरो अभिनय कस्तो छ सल्लाह सुझाब दिनु होला । राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्दिनु होला ।

 

%d bloggers like this: