Sat. Apr 20th, 2024

बलिउड बक्स अफिसमा एक पछि अर्को गर्दै धमका मच्चिाइरहेको बेला अक्टुबर २ मा रिलिज भएको चलचित्र बैंग बैंगले पनि यति बेला बलिउड बक्स अफिसमा अर्को धमका मच्चाएको छ । बलिउड बक्स अफिसमा बैंग बैंगले पाँच दिनमा २०० करोड रुपैयाँ पार गरेको छ,जो अहिले सम्म प्रदर्शनमा आएको चलचित्रको व्यापार भन्दा उच्च हो । अरु चलचित्रले प्रदर्शनमा रहुनजेल सम्ममा करिब ३०० करोड रुपैयाँ सम्मको व्यापार गरेका छन् भने चलचित्र बैंग बैंगले प्रदर्शनमा आएको पाँच दिनमा नै २०० करोड पार गरेको छ ।

Bang_Bang_posterचलचित्रमा रितिक रोशन र कटरीना कैफ को मुख्य भुमिकाले पनि चलचित्रले उच्च व्यापार गर्न सफल भएको धेरैको अनुमान छ । खबरका अनुसार भारतमा मात्र चलचित्र बैंग बैंगले १५६.४१ करोड कमाएको छ भने इन्टरनेट फिल्म मार्केटबाट ४५.१० करोड कमाउन सफल भएको छ । १४० करोड रुपैयाँमा निर्माण भएको चलचित्र बैंग बैंगले करिब ३०० करोड पार गर्ने अनुमान लिइएको छ । चलचित्रलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन ।

%d bloggers like this: