Thu. Apr 25th, 2024

केहि दिन अगाडी मात्र काठमाडौमा एक भब्य कार्यक्रम आयोजना गरि एकसाथ दुई चलचित्रको निर्माण गर्ने घोषण गरिएको चलचित्र मध्य नमस्ते नेपाल नामक चलचित्रको छायकन यति बेला धमाधम सुरुभइरहेको छ ।

Namaste Nepal (1)युरोपको बेल्जियममा सुरु भइरहेको चलचित्र नमस्ते नेपाललाई प्रदिप उदयले निर्माण गर्नेछन् भने राजु शाहले चलचित्रलाई निर्देशन गर्ने छन् । चलचित्र नमस्ते नेपाललाई प्रदिप कुमार उदय,श्याम श्रेष्ठ र श्रीजु शाहले सयुक्त रुपमा लगानी गरेका छन् । चलचित्रमा राजु शाहको निर्देशन,दृव्य सुवेदीको छायंकन,बसन्त सापकोटा र ओम सुनारको संगीत,राजेश पाएल राई,पैल्हाद तिमल्सीना,मिलन अमात्य,सोनाली सोतागंको स्वर,चन्द्र पन्तको द्धन्द्ध रहने छ भने चलचित्र नमस्ते नेपालमा सविन श्रेष्ठ,आना बेल्जीयम,श्याम श्रेष्ठ बेल्जीयम,गोपाल ढकाल,अडि बेल्जीयम,जर्ज बेल्जीयम लगायतका कलाकारहरुको चलचित्रमा मुख्य भुमिका रहने छ ।

namestaबेल्जियम, फ्रान्स, जर्मन तथा युरोपका अन्य मुलुकमा छायांकन हुने भनिएको चलचित्र नमस्ते नेपाल करिब ७५ लाख लगानीमा निर्माण हुन लागेको हो ।

%d bloggers like this: