Sat. Apr 20th, 2024

Amir-khanहिजो मात्र काठमाडौं आइपुगेका बलिउड स्टार अमिर खान भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा पुगेका छन् । यति एअरलाइन्सको चार्टर प्लेनवाट गौतमबुद्ध बिमानस्थलमा पुगेका अमिर केही बेरमै कपिलबस्तु पुग्ने छन् । कपिलवस्तुको कपडी हेल्थ पोष्टमा आयोजना हुने पोषणसम्बन्धी कार्यक्रममा सहभागी अमिर कपिलवस्तु पुग्नेछन् भने त्यहि क्रममा उनले मायादेबी मन्दिरको पनि दर्शन गर्नेछन् । अमरिको सुरक्षाका लागी अहिले कपिलवस्तुमा कडा सुरक्षा अपनाइएको छ । तिन दिने नेपाल बसाईमा अमिरले पशुपतिनाथमा पनि दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ । उनी आज बेलुका काठमाडौं र्फकने छन् भने अमिर भोली दिउँसो मात्र भारत प्रस्तान गर्नेछन् । अमिर काठमाडौं रहदाँ द्वारिकाज होटलमा रहेका छन् । उनका साथमा ६ जना सुरक्षाकर्मीहरु नेपाल आएका छन् ।

%d bloggers like this: