Fri. Apr 19th, 2024

पुष २६ गते अलनेपाल रिलिज भएको चलचित्र पराई अब युरोपका विभिन्न मुलुकहरु सगै विदेशका विभिन्न देशहरुमा चलचित्र पराईको विशेष शो हुने भएको छ । केहि दिन अगाडी मात्र चलचित्र पराईको विषेश शो गर्नका लागी युरोप पुगेका निर्माता तथा कलाकार गोविन्द शाहीले चलचित्र पराईको विषेश शो युरोपका साथै विभिन्न मुलुकमा देखाउने चाजो मिलाएका छन् ।

paraiडेनमार्कमा एन.आर.एन पुर्ण भण्डारीको समियोजगत्वमा अक्टुबर ५ मा विषेश शो हुने भएको छ भने सरोज श्रष्ठको समियोजगत्वमा फ्रन्कफुटमा अक्टुबर ६ मा र शंकर खड्काको समियोजगत्वमा अक्टुबर ६ तारिकमै चलचित्र पराईको विषेश शो गर्न लागीएको निर्माता तथा कलाकार गोविन्द शाहीले बताए ।

10726736_10203591846169919_268540533_nशिब रेग्मीको अन्तिम चलचित्र भएका कारण पनि चलचित्र पराई सबैले एक पटक र्हेनु पर्ने बताउदै गोविन्द शाहीले पराईलाई अब युरोपका साथै विदेशका विभिन्न मुलुकमा देखाइने तयारी भइरहेको बताएका छन् ।

10723429_10203591843329848_214744720_nचलचित्रमा गोबिन्द शाही, गरिमा पन्त, नन्दिता केसी, निरज बराल, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, बिष्णु सापकोटा, रामचन्द्र अधिकारीको साथमा राजबल्लभ कोईराला र रेजिना उप्रेतीले बिशेष अतिथीको भुमिका निर्वाह गरेका छन् । शिब रेग्मी र शिबम अधिकारीको लेखन रहेको चलचित्र ‘पराई’ मा बसन्त सापकोटाको संगीत, शम्भु सापकोटाको छायाँकन, हिमाल केसीको द्वन्द, कविराज गहतराज र राजु शाहको नृत्य रहेको छ ।

%d bloggers like this: