Thu. Apr 25th, 2024

love you babaमंसीर २६ गते अलनेपाल रिलिजको तयारीमा रहको चलचित्र लभ यू बाबाको टिजर रलिज भएको छ । ८ बर्षे बालक सौगात विष्टद्धारा निर्देशित फिल्म लभ यू बाबाको टिजर रिलिज भएका हो । केहि दिनमा नै गिनिज बुक अफ द वर्ल्ड रेकर्डस्मा दर्ता गर्ने सुरमा रहेका सौगात संसारमै पहिलो निर्देशक हुन् जसले ८ बर्षको उमेरमा फिल्म निर्देशन गरेका हुन् । सार्वजनिक टिजरमा ८ बर्षे बालक सौगात विष्टका पिता गजित बिष्ट र दिदी संगम बिष्ट मुख्य भूमिकामा छन् । फिल्मले बाउ छोरीको प्रेमकथालाई प्रस्तुत गरेको छ । फिल्मको कथा लेखन सौगातका काका गम्भिर बिष्टको रहेको छ । लभ यू बाबामा आमाविहीन १० वर्षीया बालिकालाई हुर्काउन एउटा बुबाले गरेको संघर्षको कथालाई प्रस्तुत गरिएको छ । फिल्ममा गजित र संगमको साथमा निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मा, अनमोल अग्रवाल लगायतले अभिनय गरेका छन् । दिव्यराज सुवेदीको छायांकन रहेको फिल्ममा सत्य–स्वरुप आचार्य, डेनी निरौला, दीपक शर्मा र प्रदिप बास्तोलाको संगीत तथा चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको छ । यो फिल्मलाई सम्झना पोखरेल र रोशनी बज्राचार्यले मिलेर निर्माण गरेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

http://www.youtube.com/watch?v=Z0cscrI43q0

%d bloggers like this: