Tue. Apr 23rd, 2024

27khan-pic-popupबलिउडका सुपरस्टार अभिनेता आमिर खान दुई दिने नेपाल भम्रणका लागी काठमाडौंमा आइपुगेको छन् । उनी जेट एयरवेजको विमानबाट हिजो १:३५ बजे आफ्ना ६ जना सुरक्षागार्डसहित त्रिभुवन बिमानस्थल आइपुगेका थिए । अमिरखान अहिले काठमाडौं स्थित द्वारिकाज होटलमा बसेका छन् । तीन दिने नेपाल भ्रमणमा अमिरले आज कपिलवस्तुको कपडी हेल्थ पोष्टमा आयोजना हुने पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुनेछन् । विहान १० देखि १२ बजे सम्म २ घण्टा कार्यक्रममा सहभागी भई उनी आज नै काठमाण्डौ फर्कने छन् ।

%d bloggers like this: