Fri. Apr 26th, 2024

नेपालीहरुको महान पर्व बडा दशैंको आज दोस्रो दिन अझै पनि आफ्ना आफन्तहरुबाट दशैंको टिका लगाउन र लाउने कार्य भइरहेको छ । दशैंमा आफु भन्दा अग्रजहरुको हातबाट टिका लगाइ आर्शीवाद लिइने गरिन्छ । दशैं भन्न साथ सारा नेपालीहरुले मनाउने एक महत्वपुर्ण चाड पनि हो । सोहि क्रममा नेपाली सिनेनगरीमा आबद्ध भएका कलाकार,पत्रकारहरुले पनि यस बर्षको दर्शै भब्यताका साथ आफुभन्दा अग्रजहरुहरुको हातबाट दशैंको टिका लगाएका छन् । केहि कलाकर्मीहरुले स्वदेशमा नै दशैं मनाउन पाएका छन् भने कोहि कलाकर्मीहरुले भने विदेशमा नै दशैं मनाउन बाध्य हुनु परेको छ । महजात्राको लागि अमेरिका पुगेको मह जोडीको टिमले पनि अमेरिकामै दशैं मनायो भने नेपाल अमेरिका गरिरहने गायक यम बरालले पनि साथीको परिवारसंग दशैं टीका लगाए । मह जोडीको टिममा हरिबंश पत्नी रमिला , छोरा मोहित सहित कलाकार किरण केसी, बुन्धरा भुषाल, शिवहरी पौड्याल लगायत छन् । अभिनेता एवं पाईलट बिजय लामाले पनि कार्यब्यस्तताका कारण दशैं कतारमा मनाउन बाध्य भए । नेपालमा राजेश हमाल देखी नायिका रेखा थापा,करिष्मा मानन्धर,सञ्जिता लुईटेल,आर्यन सिग्देल,केकी अधिकारी,प्रियका कार्की,जेनिसा केसी,निर्माता सुनिल रावल,कलाकार मोहन निरौला,पत्रकार शान्ति प्रिय,सन्दिप सापकोटा आदी कलाकार तथा पत्रकारहरुले पनि आफु भन्दा ठुला बडाको हातबाट टिका ग्रहण गरेका छन् । नायक राजेश हमालले भने आमाको श्रादभएका कारण टिका लगाएनन् तर उनले आफ्नो जन्मथलोमा गइ रमाइलो गरेको दृश्य फेसबुक मार्फत सार्वजनिक गरेका छन् । साथै विभिन्न कलाकारहरुले पनि विभिन्न रमाइलो गरेको दृश्य सगै आफ्ना आफन्तहरुलाई टिका लगाएको दृश्य फेसबुक अथवा टुविट्मा सार्वजनिक गरेका छन् ।

कस-कसले लगाए कसको हातबाट दशैको टिका

nir

hamal

jeni keki n5 n6 n7 puskar rekha sandeep santi sunil

%d bloggers like this: