Fri. Apr 26th, 2024

rang baijaniमंसिर १९ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रंग बैजनी’ को अर्को र्शीष गीत रिलिज भएको छ । प्रदर्शन मिति नजिकदै गर्दा यति बेला रंग बैजनीका सम्पुर्ण युनिट चलचित्रको प्रचार प्रसारलाई व्यापकता दिने क्रममा आज चलचित्र युनिटले अर्को गीत रिलिज गरेको छ । नहेर त्यसो गरि नायक गीतमा शितल मोक्तानको स्वर रहेको छ भने दिप प्रधानको संगीत रहेको छ । सार्वजनिक गीतमा चलचित्रका नायक दिक्पाल कार्की र नायिका सुमिना घिमिरेको माया प्रेमलाई देखाउन खोजिएको छ । पारिवारिक प्रेम कथामा आधारित चलचित्र रंग बैजनीमा सुमिना घिमिरे,गरिमा पन्त र नायक दिक्पाल कार्की मुख्य भुमिकामा रहेको छ । १२ बर्ष पछि निर्देशन कार्यमा र्फकिएका निर्देशन शम्भु प्रधानले चलचित्र रंग बैजनीलाई निदेशन गरेका हुन् । चलचित्रलाई नुतन प्रधानले निर्माण गरेकी छिन् । नुतन शम्भु प्रधानका श्रिमती समेत हुन् ।चलचित्रलाई सशांक प्रधानले खिचेका हुन्।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

http://www.youtube.com/watch?v=BadqZVpT6Is

%d bloggers like this: