Thu. Apr 25th, 2024

चलचित्र ‘चपली हाइट’ बाट सेक्सी नायिकाको रुपमा परिचित विनिता बराल पछिल्लो समय आफैले कृषि फार्म खोलेर व्यबसायिक गोलभेडा खेती सुरु गरिरहेकी छिन् । कृषिबाट नै देशको आर्थिक उन्नती हुन्छ भन्ने विचार बोकेकी विनिता बजारमा समेत आफै गोलभेडा बेच्ने गर्छिन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नायिका विनिता बरालले कृषि क्षेत्रमा धेरै समस्या भएपनि नेपाललाई कृषि क्षेत्रबाट नै आर्थिक उन्नतीमा टेवा पुराउन सकिने बताएकी छिन् ।

??????????कहिले मल नपाइने,कहिले विउ नपाइने,कहिले तरकारी राम्रो सगँ उत्पादन नहुने यस्ता याबत समस्याहरु एक कृषकले खप्नु जतिको पिडा अरु केहि नहुने पनि उनले गुनासो व्यक्त गरिन् । त्यहि क्रममा उनले भनेकी छिन् ‘गोलभेडा बेच्दा बेच्दै अब आफुले एउटा कृषि सम्बन्धी उपन्यास लेखिरहेको बताएकी छिन् ।’ विनिताले भनेकी छिन् ‘सायद यस बर्ष नै उक्त उपन्यास निस्कन्छ होला । विनिताले पुस्तकको नाम भने खुलाउन चाहिनन् । ‘ विनिता पछिल्लो समयमा चलचित्र भन्दा पनि कृषि क्षेत्रमा नै आफ्नो भविष्य खोजिरहेकी छिन् ।

%d bloggers like this: