Thu. Apr 25th, 2024

कुनै समय नायिका रेखा थापा नभई चलचित्र निर्माण नै नगर्ने निर्माता छवि ओझा नायिका रेखा थापा सगँ सम्बन्ध विक्षेद भएपछि उनले फेरी एक नायिकालाई नेपाली रजतपटमा भित्राएका छन् । रेखा जस्तै हाउभाउ र फुतिली नायिका शिल्पा पोखरेललाई छवि ओझाले नेपाली रजतपटमा भित्राएका छन् । १०० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी नायिका शिल्पा पोखरेलको पहिलो चलचित्र लज्जा कात्तिक ७ गते देशभर प्रदर्शनमा आउदै छ ।

silpaभनिन्छ छविको हातमा जो मान्छे पर्छ त्यो मान्छे स्टार नै बन्छ हो अहिले नायिका शिल्पालाई पनि त्यस्तै भएको छ । लज्जा प्रदर्शनमा नआउदै उनले छविराज ओझाले नै निर्माण गरेको अर्को चलचित्र हवल्दार सुन्तलीमा शिल्पाले अभिनय गर्ने मौका पाइन् । एक अन्तरर्वार्तामा छविले भनेका छन् अब आफुले निर्माण गर्ने सबै चलचित्रमा शिल्पानै मुख्य भुमिकामा हुने निर्माता छवि ओझाले बताएका छन् । त्यहि क्रममा अब निर्माण हुन लागेको चलचित्र लंका २ मा पनि शिल्पा नै नायिकाको रुपमा पक्का भएकी छिन् । रेखालाई लिएर करिब १ बर्ष लंका निर्माण गरेका छविले उक्त चलचित्रले व्यापारिक हिसाबले सफल्ता कमाउन सफल भएपछि निर्देशक श्याम भटराईलाई लिएर अब छविले शिल्पालाई मुख्य भुमिकामा देखाउदै छन् । छविको ब्यानरमा शिल्पाले काम गर्न थालेपछि उनलाई एक पछि अर्को गर्दै सफलता मिल्न थालेको छ ।

%d bloggers like this: