Wed. Apr 24th, 2024

छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लज्जाको पछिल्लो समय सार्वजनिक भएको दुई वटा र्शिष गीत निकै चर्चामा रहेका छन् । ‘मात लाग्यो मात लाग्यो’ नामक गीत र ‘के भयो भयो’ नामक गीतले यति बेला चौतर्फी चर्चा बटुल्दै गएका छन् । गीतबाट राम्रो प्रतिक्रिया पाए सगै चलचित्रका सम्पुर्ण युनिट यति बेला हौसिएका छन् । कात्तिक ७ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र लज्जालाई खडेरी लागेको चलचित्र बजारमा चलचित्र लज्जाले नयाँ बाटो खोल्ने धेरैले विस्वास लिएका छन् ।

lazza-final1नवल नेपालले निर्देशन गरेको चलचित्र लज्जालाई छविराज ओझाले निर्माण गरेका हुन् । चलचित्रमा दिजेन्द्र शाक्यले पनि लगानी गरेका छन् । चलचित्र ‘लज्जा’मा आर्यन सिग्देल, शिल्पा पोखरेल, मिथिला शर्मा, हिउँवाला गौतम, कमलमणी नेपाल, कृष्ण गीरी, निराजन लुईटेल, सरोज बख्रेल, सागर लम्साल, लगायतको अभिनय रहेको छ । चेतन सापकोटाको संगीत ,कविराज गहतराजको नुत्य ,मदन कस्यप घिमिरेको छायांकन ,चन्द पन्तको एक्शन तथा अनन्त थपलियाको सम्पादन रहेको छ । एक यूवतीले घरदेखि कार्यलयसम्म सहनु पर्ने पीडालाई चलचित्र लज्जाले देखाउन खोजेको छ ।

%d bloggers like this: