कुनै समय नायिका रेखा थापा नभई चलचित्र निर्माण नै नगर्ने निर्माता छवि ओझा नायिका रेखा थापा सगँ सम्बन्ध विक्षेद भएपछि उनले फेरी एक नायिकालाई नेपाली रजतपटमा भित्राएका छन् । रेखा जस्तै हाउभाउ र फुतिली नायिका शिल्पा पोखरेललाई छवि ओझाले नेपाली रजतपटमा भित्राएका छन् । १०० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी नायिका शिल्पा पोखरेलको पहिलो चलचित्र लज्जा कात्तिक ७ गते देशभर प्रदर्शनमा आउदै छ ।
भनिन्छ छविको हातमा जो मान्छे पर्छ त्यो मान्छे स्टार नै बन्छ हो अहिले नायिका शिल्पालाई पनि त्यस्तै भएको छ । लज्जा प्रदर्शनमा नआउदै उनले छविराज ओझाले नै निर्माण गरेको अर्को चलचित्र हवल्दार सुन्तलीमा शिल्पाले अभिनय गर्ने मौका पाइन् । एक अन्तरर्वार्तामा छविले भनेका छन् अब आफुले निर्माण गर्ने सबै चलचित्रमा शिल्पानै मुख्य भुमिकामा हुने निर्माता छवि ओझाले बताएका छन् । त्यहि क्रममा अब निर्माण हुन लागेको चलचित्र लंका २ मा पनि शिल्पा नै नायिकाको रुपमा पक्का भएकी छिन् । रेखालाई लिएर करिब १ बर्ष लंका निर्माण गरेका छविले उक्त चलचित्रले व्यापारिक हिसाबले सफल्ता कमाउन सफल भएपछि निर्देशक श्याम भटराईलाई लिएर अब छविले शिल्पालाई मुख्य भुमिकामा देखाउदै छन् । छविको ब्यानरमा शिल्पाले काम गर्न थालेपछि उनलाई एक पछि अर्को गर्दै सफलता मिल्न थालेको छ ।