Tue. Apr 16th, 2024

आफ्नो ३१ औं बर्ष पार गरेको उपलक्ष्यमा बुधवार राजधानीमा आयोजना गरिएको अभियान सम्मानबाट नेपाली कलाको क्षेत्रमा क्रियाशील ९ जना व्यत्तित्वलाई सम्मान गरेको छ । संगीतकार सम्भुजित बाँस्कोटालाई ‘संगीत रत्न’ तथा कलाकारहरू दीपाश्री निरौला, विश्व बस्नेत, पुरन जोशी, देभेन गिरी, गायक आनन्द कार्की, छायाँकार जयसिंह शाह र पत्रकार प्रकाश सुवेदीलाई अभियान श्रीबाट नेकपा एमालेका उपाध्यक्ष एवं गृहमन्त्री बामदेव गौतमले सम्मान गरेका छन् ।

abhiyan-inआफुलाई पनि सानै देखी कलाकार बन्ने रहर भएका कारण आफु सधै कलाकारहरु देख्दा नतमस्तक हुने गृहमन्त्री गौतमले बताए । अभियान संस्थाका अध्यक्ष कृष्ण मल्लले कलाकार राष्ट्रका गहना भएका कारण कलाकारहरुलाई सामाजिक संघ संस्थाहरुले मात्र नभई राज्यले पनि सम्मान गर्नु पर्ने बताए । आगामी दिनमा अझै कलाकारहरुलाई प्रोत्साहन स्वरुप सम्मानका कार्यक्रमहरु आयोजना गरिरहने पनि मल्लले बताए ।

%d bloggers like this: