Fri. Apr 26th, 2024

भाद्र ६ गते अलनेपाल रिलिज भएको चलचित्र ठुलीमा एक साथ देखिएका नायक जीवन लुईटेल र नायिका गरिमा पन्त अब राजनीतिज्ञ तथा साहित्यकार विपी कोइरालाले लेखेको चर्चित उपन्यास ‘तीन घुम्ती’ मा बन्न लागेको फिल्म ‘तीन घुम्ती’ मा देखिने पक्का भएका छन् । चलचित्र ठुली फ्ल्प भएपनि जीवन र गरिमाको भुमिकालाई दर्शकले निकै मन पराएका थिए । यस भन्दा अघि नै गरिमा चलचित्र तीन घुम्तीका लागी पक्का भइसकेकी थिइन भने आज मात्र नायक जीवन लुईटेल चलचित्र तीन घुम्तीका लागी छनोट भएका छन् ।

jeeven and garimaतिहार लगतै छायांकनमा जान लागेको चलचित्र तीन घुम्तीलाई बाबुराम ढकालले निर्देशन गर्ने भएका छन् । कर्मा प्रोडक्शनको ब्यारनमा निर्माण हुन लागेको चलचित्र तीन घुम्तीमा नायक जीवन लुइटेल, नायिका गरिमा पन्त र कलाकार कोशिश क्षेत्री छनोट भएका निर्देशक ढकालले बताएका छन् । फिल्ममा जीवन ‘पिताम्बर’, गरिमा ‘इन्द्रमाया’ र कोशिश ‘रमेश’ नामक भुमिकामा देखिदै छन् । वसन्त सापकोटाको संगीत, कृष्णहरी बरालको शब्द, बिपिन मल्लको सम्पादन रहने यस फिल्मको पटकथा तथा संवाद सामीप्य तिमल्सिनाले लेखेका हुन ।

%d bloggers like this: