Fri. Apr 26th, 2024

हलिउड गायिका तथा अभिनेत्री एरियाना ग्राडे आफ्नी हजुर आमाको राय सुझाब धेरै मान्ने गर्छिन । उनी केहि गर्नु पर्यो वा केहि नयाँ लुगा लगाउन देखी केहि नयाँ कुरा खानु पर्यो भने पनि एरियाना हजुर आमाको सल्लाह अनुसार नै खाने,लगाउने गर्छिन् ।

1488203_10151805494356027_1418001978_nहलिउडको एक वेबसाइट contactmusic.com का अनुसार २१ बर्षिय एरियानाले राती सुत्ने बेला निकै थोरै कपडा लगाएर सुत्ने गरेको एरियानाले बताएकी छिन् । त्यो सल्लाह एरियानाको हजुर आमाले दिने गरेको एरियाना बताउछिन् । एरियानाले भनेकी छिन् ‘मेरो हजुर आमाले सधै भन्नु हुन्छ राती सुत्ने बेला थोरै कपडा लगाएर सुत्नु भनेर,’त्यसैले म केहि कपडा लगाएर मात्र राती सुत्ने गर्छु ।’ एरियाना कहिले काही उनले निकै माया गरि पालेको कुकुरलाई पनि साथमा सुताउने गर्छिन् ।

%d bloggers like this: