Thu. Apr 18th, 2024

aabge-shooting३४ दिन लगाएर निर्माण गरिएको चलचित्र आवेगको सम्पुर्ण छायंकन कार्य सकिएको छ । बसन्त निरौलाले निर्देशन गरेको चलचित्र आवेगमा नायक आर्यन सिग्देल एक्सन भुमिकामा देखिदै छन् । चलचित्र आवेगको छायंकनको क्रममा घुडामा चोट लागेपछि केहि दिन छायंकन कार्य रोकिएको आवेगले हिजो देखी भने सम्पुर्ण चलचित्रको छायंकन कार्य सम्पन्न गरेको छ । चलचित्रमा आर्यनका अलवा पवित्रा आचार्य, धु्रव दत्त, अर्चना डेलालाको मुख्य भुमिका रहेको छ । चलचित्र आवेग लाई यसै बर्ष प्रदर्शनमा ल्याउनका लागी यति बेला चलचित्र युनिट कसिएर लागेको छ । हाल चलचित्रको सम्पादन कार्य धमाधम सुरु भएको चलचित्रका निर्देशक बसन्त निरौलाले बताएका छन् । चलचित्रलाई सुर्य कार्कीले निर्माण गरेका हुन् ।

%d bloggers like this: