Fri. Apr 26th, 2024

salman-fake-6-pack-apsसलमान खानका लाखौं फ्यानहरुलाई निराश पार्ने खबर छ, जो उनको बडीको खुबै प्रशंसा गर्दछन् । आजकल एउटा भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ, जसमा सलमान खानको सिक्स प्याक एब्स नक्कली भएको तर भिजुअल प्रभावबाट फिल्ममा भने देखाइएको तथ्य देखाइएको छ । उक्त भिडियो भिडियो इफेक्ट तयार गर्ने कम्पनीको भएको बताइएको छ । एक अंग्रेजी अखबारको खबरका अनुसार उक्त भिडियो कम्पनीका एक कर्मचारीले सार्वजनिक गरेका हुन् । उनलाई कम्पनीले जागिरबाट हात धुन बाध्य पारिसकेको छ । उक्त कम्पनीले कबीर खानको फिल्म ‘एक था टाइगर’मा सलमानको शर्टलेस दृश्यमा इफेक्ट राखेको थियो । उक्त भिडियोमा सामान्यजस्तो देखिने सलमानको पेट देख्न सकिन्छ । भिडियोमा कसरी सलमानको सामान्य पेटमा सिक्स प्याक एब्स बनाइएको छ, देखाइएको छ ।

%d bloggers like this: