Thu. Mar 28th, 2024

atua sathai (4)विगत १३ वर्ष देखी रंग पत्रकारितामा आबद्ध पत्रकार लक्ष्मण सुवेदीद्धारा निर्देशित पहिलो चलचित्र एउटा साथीको फष्ट लुक,चलचित्रको दुई वटा  र्शीष गीत साथै चलचित्रको प्रदर्शन मिति आज सार्वजनिक गरिएको छ ।

atua sathai (3)काठमाडौंमा रहेको सिटिम्याक्स हलमा आयोजिक एक कार्यक्रममा चलचित्रको फष्टलुक,चलचित्रको दुई वटा र्शीष गीत र चलचित्रको रिलिज मिति सार्वजनिक गरिएको छ । चलचित्र एउटा साथीको सार्वजनिक फष्ट लुकमा चलचित्र सम्पुर्ण कलाकारहरुले एक अर्का सगँ मस्ती गरेको देख्न सकिन्छ । चलचित्र एउटा साथीको पहिलो र्शीष गीत ‘खाली खाली थियो मन’ मा अनु शाह र जोन तामाङ्को अभिनय देख्न सकिन्छ भने अर्को सार्वजनिक गीत ‘शितल पवनलाई सोधन’ मा सलोन बस्नेत र रिस्ता बस्नेतको अभिनय रहेको छ । कात्तिक १४ गते प्रदर्शनको तयारी मिति तोकेको चलचित्र एउटा साथीलाई शुभकामना दिदै चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिले रंग पत्रकारले निर्देशन गरेको चलचित्रले अहिलेको अबस्थामा लाज जोगाउनु पर्ने बताएका छन् ।

atua sathai (1)कार्यक्रममा चलचित्रका कलाकारहरुले चलचित्र एउटा साथी निकै उत्कृष्ट बनेको दाबी गरेका छन् । चलचित्रलाई निर्माता,कलाकार गोविन्द शाहीले चलचित्र एउटा साथीलाई वितरण गर्ने छन् । रोमान्टिक प्रेम कथामा आधारित चलचित्र ‘एउटा साथी’ मा सलोन बस्नेत, रिस्ता बस्नेत, जोन तामाङ्,शिशिर भण्डारी मुख्य भुमिकामा रहेका छन् भने नायिका अनु शाह,सोभित बस्नेत र नारायण पुरीको पनि चलचित्रमा विषेश भुमिका रहेको छ ।

atua sathai (2)चलचित्रमा गणेश कुमार श्रेष्ठ छायंकन,राजेन्द्र खड्गीको द्धन्द्ध निर्देशन,सुशिल पंगेनीको कथा रहेको छ । चलचित्रलाई राम खनाल (आ.सी) ले लगानी गरेका छन् ।

%d bloggers like this: