Fri. Sep 30th, 2022

पुष २६ गते देशभर प्रदर्शनमा आएको चलचित्र पराईले नेपालमा सन्तोषजनक व्यापार गरे सगै अब चलचित्रलाई युरोपमा देखाउने तयारी भइरहेको छ । चलचित्रका कलाकार तथा निर्माता गोविन्द शाहीका अनुसार चलचित्र पुराईलाई युरोपमा देखाइने बताएइका छन् । शिब रेग्मीको अन्तिम चलचित्र भएका कारण पनि चलचित्र पराई सबैले एक पटक र्हेनु पर्ने बताउदै निर्माता तथा कलाकार गोविन्द शाहीले पराईलाई अब युरोपमा देखाइने तयारी भइरहेको बताएका छन् ।

aavash-movieत्यस्तै पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र आभाषलाई पनि युरोपमा देखाउने तयारी भइरहेको छ । युरोपमा चलचित्र देखाउनका लागी चलचित्र आभाषका निर्माता गोविन्द शाही युरोप जान लागेको खबर मनोरञ्जन संसार डटकमलाई प्राप्त भएको छ । युरोप सगै विदेशका अन्य मुलुकमा चलचित्र आभाषको प्रचार प्रसारमा साथै चलचित्र आभाषको प्रदर्शन गर्ने माहोल मिलाउनका लागी गोविन्द शाही केहि दिनमा नै युरोप जाने कार्यक्रम तय भएको छ । चलचित्रम संयम पुरी, आश्मा डीसी, निशा अधिकारी, सलोन बस्नेत लगायतका कलाकारको अभिनय छ । चलचित्र आभाषलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् भने गोविन्द शाही र दिपक शाहीले चलचित्रलाई संयुक्त रुपमा लगानी गरेका छन् ।