Thu. Apr 25th, 2024

नेपालमा प्रदर्शन मिति तय नभएको चलचित्र ‘सेतो बाघ’ लाई अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर गरिने भएको छ । अष्ट्रेलियाको मेलर्वन शहरमा रहेको भिलेज सिनेमामा प्रिमियर गरिने पक्का भएको छ । चलचित्र सेतो बाघ प्रिमियरका आयोजक नमस्ते नेपाल न्यूज एण्ड टेलिभिजनका नेपाली युवा सविन जंग थापाका अनुसार आउँदो नोभेम्बर ८ मा सेतो बाघको प्रिमियर भब्य रुपमा हुने बताएका छन् ।

10696343_266555963541533_3234409323252348543_nनेपाली मिति अनुसार कात्तिक २२ गते हुने बताइएको छ । प्रिमियरका लागी नेपालबाट चलचित्रका निर्देशक नीर शाह,ज्ञानेन्द्र देउजा र उषा जाने कार्यक्रम तय भएको छ । डायमन शमशेर राणाको ऐतिहासिक उपन्यास माथि बनेको सेतो बाघमा जंगबहादुर राणाको अन्तिम ३० दिनको कथालाई प्रस्तुत गरिएको छ । अष्ट्रेलियामा चलचित्रको प्रिमियर सकिन साथ अमेरिका साथै अन्य मुलुकमा पनि प्रिमियर हुने निर्देशक नीर शाहले बताएका छन् । चलचित्रमा काठमाडौं, चितवन र मकवानपुरका दृश्य खिचिएको छ । महालक्ष्मी मल्टिमिडिया र नीर सिनेमा मञ्जुश्री राज्यलक्ष्मी राणा, पुरण राणा, रवीन्द्रशमशेर राणा र ख्याती राणाले चलचित्रमा सयुक्त लगानी गरेका छन् । चलचित्र सेतो बाघ करिब १ करोडको लागतमा निर्माण भएको हो ।

%d bloggers like this: