Sat. Apr 20th, 2024

10626597_584961991613683_1740875453033565566_nसाउन २५ गते भारतको एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएका स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी धर्मपत्न स्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको ४५ दिनको पुण्यतिथीको अबसरमा उनले मर्मस्पर्शी कविता लेखेकी छिन् । उनले कवितामा श्रीकृष्ण श्रेष्ठको आत्माले शान्ति पाओस भन्दै कामना समेत गरेकी छिन् । स्वेताले श्रीकृष्ण श्रेष्ठ विनाको जीवन अन्धकारमय हुने भन्दैै मुटु बाधेरै भएपनि उनैलाई ४५ दिनको पुण्यतिथी गर्नुपर्ने मर्मस्पर्शी शब्द सहितको कविता फेसबुकमा राखेकी छिन् । असार २३ गते बैबाहिक जीवनमा बाधिएका उनीहरु हनिमुन मनाउन भारतको सिम्ला पुगेका थिए । त्यहि बखत श्रीकृष्ण श्रेष्ठ विरामी भएपछि भारतको एपोला अस्पतालमा भर्ना गरिएको थियो । त्यहि बेला नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको होे ।
मुटुभरि पिडा बोकि हिड्नु पर्दो रहेछ ,
कसैको यादमा रोईरोई बाँच्नु पर्दो रहेछ ,
उनैलाई सम्झेर आँशु पिउनु पर्दो रहेछ ,
चिन्तै चिन्तामा स्वाश फेर्नु पर्दो रहेछ ,
जिउँदो शरीरलाई यादैयादमा मार्नु पर्दो रहेछ ,
मन मुटु थामेर ४५ दिने तिथि गर्नु पर्दो रहेछ ,
हिजो जितेको मायाँ पनि आज हार्नु पर्दो रहेछ ,
मनले नमान्दा नमान्दै आफ्नो मुटु छोड्नु पर्दो रहेछ ,
दुई मुटु टुक्रिएर छियाछिया भई दिन काट्नु पर्दो रहेछ ,
सकि नसकि यो बिडम्बना सहेर हिड्नु पर्दो रहेछ ,
कसैको यादमा रोईरोई बाँच्नु पर्दो रहेछ ,
जिउँदो शरीर पनि यादैयादमा मर्नु पर्दो रहेछ ,
मन मुटु थामेर ४५ दिने तिथि गर्नु पर्दो रहेछ ,
हिजो जितेको दिन पनि आज हार्नु पर्दो रहेछ ।।।
( मेरो भगवान , मेरो मुटु आज हजुर जहाँ भएपनि हजुरको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धानजलि अर्पण गर्दछु ।।)

%d bloggers like this: