Fri. Apr 19th, 2024

सुव्रत आचार्यद्धारा निर्देशित तथा प्रदीप कुमार उदयद्धारा निर्मित फिल्म ‘अधकट्टी’ को दुई वटा र्शीष गीत रिलिज भएको छ । आज काठमाडौंमा भब्य कार्यक्रमको आयोजना गरि चलचित्र अधकट्टीको दुई वटा र्शीष गीत रिलिज गरिएको छ । ‘कोकाकोला’ र ‘ओ ए ओ’ नामक गीत आज रिजिल गरिएको हो । फागुन १ गते बाट अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र अधकट्टी मा विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, प्रदीप बाँस्तोला आदी कलाकाहरुको मुख्य भुमिका रहेको छ ।

namesta nepal film (1)सार्वजनिक गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । त्यस्तै चलचित्र अधकट्टीको दुई वटा गीत सार्वजनिक कार्यक्रममा दुर्ई वटा फिल्मको पनि निर्माण गरिने घोषणा गरिएको छ । ति चलचित्र हुन् द्धारीका उदय प्रोडक्सन प्रा.लीको प्रस्तुतीमा नमस्ते नेपाल र प्रोडक्सन नं.३ । तर प्रोडक्सन नं.३ चै चलचित्र होइन,यसको नाम भने चाडै घोषणा गरिने बताइएको छ । नमस्ते नेपालको छायंकन असोज १२ गतेबाट बेल्जीयममा हुने चलचित्रका निर्माता प्रदिप कुमार उदयले बताएका छन् । चलचित्र नमस्ते नेपाललाई प्रदिप कुमार उदय,श्याम श्रेष्ठ र श्रीजु शाहले सयुक्त रुपमा लगानी गर्ने छन् ।

namesta nepal film (4)चलचित्रमा राजु शाहको निर्देशन,दृव्य सुवेदीको छायंकन,बसन्त सापकोटा र ओम सुनारको संगीत,राजेश पाएल राई,पैल्हाद तिमल्सीना,मिलन अमात्य,सोनाली सोतागंको स्वर,चन्द्र पन्तको द्धन्द्ध रहने छ भने चलचित्र नमस्ते नेपालमा सविन श्रेष्ठ,आना बेल्जीयम,श्याम श्रेष्ठ बेल्जीयम,गोपाल ढकाल,अडि बेल्जीयम,जर्ज बेल्जीयम लगायतका कलाकारहरुको चलचित्रमा मुख्य भुमिका रहने छ ।

namesta nepal film (2)७५ लाखको लगतमा निर्माण हुने भनिएको चलचित्र नमस्ते नेपालको छायंकन भने बेल्जीयम फ्रान्स,जर्मन तथा युरोपका अन्य मुलुकहरुमा हुने बताइएको छ । त्यस्तै अर्को चलचित्रको नाम नराखे पनि प्रोडक्सन नं.३ नाम चाडै घोषण गर्ने बताइएको छ । घोषण नगरिएको चलचित्रको नामलाई भने ऋृषी लामिछानेले निर्देशन गर्नेछन् भने चलचित्रलाई प्रदिप कुमार उदयले निर्माण गर्ने छन् ।

namesta nepal film (3)खबर प्राप्त भए अनुसार चलचित्रका निर्माता प्रदिप कुमार उदय र निर्देशक राजु शाह भोली बेल्जीयम जादैछन् । नाम सार्वजनिक नगरिएको चलचित्रको भने फागुनको दोस्रो साताबाट छायंकन सुरु हुने बताइएको छ ।

%d bloggers like this: