Tue. Apr 16th, 2024

कुनै समय नेपाली चलचित्रक्षेत्रमा एकलौटी राज गरेका चर्चित नायक निखिल उप्रेति एका एक नायिका सञ्जिता लुईटेल सगँ दोस्रो विवाह गरेपछि चलचित्रक्षेत्रबाट पलाएन जस्तै भइसकेका निखिलले अब फेरी दर्शकको क्रेज आफु माथि अझै राख्नका लागी चलचित्र भैरव निर्माण गरिरहेका छन् । आफ्नै लगानीमा निर्माण भइरहेको चलचित्र भैरवलाई निखिल आफैले निर्देशनको जिम्मा पनि बहन गरिरहेका छन् ।

nikhil-1अहिले सर्लाही आसपासमा चलचित्र भैरवको छायंकन भइरहेको छ । भारतीय सिमाना क्षेत्रमा हुने चोरी डकैती र तस्करीमा नेपाल प्रहरीको भूमिकाको विषय वस्तुलाई लिएर निखिलले फिल्म ‘भैरव निर्माण गरिरहेका छन् । फेरी दर्शकको क्रेज बढाउनका लागी निखिलका लागी यो चलचित्र एउटा परिक्षाको घडी हुने धेरैले अडकल काटेका छन् । चलचित्रमा अनु शाह र निखिल उप्रेतीले मुख्य भुमिका निभाएका छन् ।

%d bloggers like this: