Thu. Mar 28th, 2024

14091718hahaकाठमाडौंको कुमारी हलमा सञ्चालन भएको ‘एकादेशमा’ फिल्म मेला आइतबार सम्पन्न भएको छ । मेलाको अन्तिम दिन तीन छोटा फिल्मका निर्देशकलाई पुरस्कार एवं सम्मान गरिएको छ । फिल्म ‘द् वटर ल्याम्प’ लाई जुरी अवार्ड पाएको छ । चिनिया भाषाको १६ मिनेट लामो फिल्मलाई हु वेइले निर्देशन गरेका हुन् । उनले सम्मान सहित ५० हजार पुरस्कार राशी पाए । त्यस्तै फ्यूचर अफ नेपाली सिनेमाको अवार्ड ‘बुट्टे जामा’ बाट कला संग्रौलाले पाएकी छिन् । सम्मान सहित उनले पुरस्कार स्वरुप २५ हजार रुपैयाँ प्राप्त गरिन् । पासाङ दावा शेर्पाको ‘क्यार क्यार पङ्खा’ ले अडियन्स च्वइसको अवार्ड पायो । उनले पनि सम्मान सहित २५ हजार रुपैयाँ पाए । ‘एकादेश’ का निर्देशक सोहम ढकाल मेलाको तीन दिनमा झन्डै २ हजार दर्शकले सहभागीता भएको बताएका छन् । मेलामा वर्ष ०७१ को एकादेशमा ६८ वटा छोटा फिल्मलाई देखाइएको थियो ।

%d bloggers like this: