Sun. Dec 10th, 2023

priyankaकेही दिन पहिला जब एक अंग्रेजी पत्रिकाले नायिका दीपिका पादुकोणको क्लिभेजको बिषयमा ट्वीट गरेको थियो, तब दीपिकाले धेरै कडा शब्दमा त्यसको प्रतिकार गरेकी थिइन् । दीपिकालाई यसपछि सामाजिक सञ्जालहरुमा धेरै सहयोगका शब्दहरु मिलेका थिए । दीपिकालाई पछ्याउँदै प्रियंका चोपडाले पनि यस्तै कुरा गरेकी छिन् । प्रियंकाले हालसालै एक फिल्म म्यागजिनको सम्पादकलाई अन्तरवार्ता दिइन् । उक्त अन्तरवार्तामा जब प्रियंकालाई सोधियो, ‘तपाईंको फिल्मी करिअरको क्रममा कुनै निर्माता वा निर्देशकले आजसम्म सबैभन्दा अस्लिल कुरा कस्तो कुरा गरेका छन् ?’ उनले भनिन्, ‘सबैभन्दा अचम्मको कुरा त्यो थियो, जब एक निर्देशकले दर्शक बढाउनको लागि एक गीतमा मेरो अण्डरवेयर देखाउने कुरा गरे । उक्त घटनापछि मैले त्यो फिल्म नै छाडिदिएँ ।’ तर प्रियंकाले उक्त निर्देशकको नाम बताउन चाहिनन् । प्रियंकाले जब उक्त सवालबारे ट्वीट गरिन् तब उनका साथीहरुले उनलाई प्रश्नहरुको बर्षा नै गरे । तर प्रियंकाले जवाफ दिइनन् ।

%d bloggers like this: