Fri. Apr 19th, 2024

10646800_712446835487895_7945195361400262806_nकरिब ९ बर्ष पछि कलाकार पल्लवी भट्ट फेरी चलचित्रमा फर्किएकी छिन् । चलचित्र अलविदाको आइटम गीतबाट पल्लवी भट्टले फेरी चलचित्रमा प्रवेश गरेकी छिन् । ‘गहना’, ‘अभियान’ जस्ता सिरियलमा काम गरिसकेकी उनले चलचित्र ‘पालेदाई’ मा पनि अभिनय गरिसकेको बताएकी छिन् । दर्जनौ म्युजिक भिडियो र केहि चलचित्रमा पनि अभिनय गरिसकेकी पल्लवी आठ बर्षदेखि सिंगापुरमा बस्दै आएकी थिइन् । मनिषा पोख्रेलको स्वर, नरेश भट्टराइको शब्दमा रहेको उक्त भोजपुरी आइटम शैलीको गीतमा पल्लवीले डान्स गरेकी छिन् भने उनलाई चलचित्रका निर्माता एवं कलाकार हसन खानले साथ दिएका थिए । चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् भने हसन खानले निर्माण गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल, अनिता आचार्य, हसन खान लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई रामेश्वर कार्कीले खिचेका छन् । फरक जातका यूवायूवतीको प्रेम कथालाई सिनेमाले देखाउन खोजेको छ निर्देशक रिजालले बताए ।1424456_712449195487659_6921307189911340693_n 10522445_712684495464129_7643449167793046960_n

%d bloggers like this: