Fri. Mar 29th, 2024

शनिबार सबैको विदाको दिन करिब २ बजेतिर काठमाडौं आसपासमा निकै ठुलो पानी परिरहेको थियो । मानिसहरु पानीबाट बच्न धेरै प्रयास गरिरहेका थिए । त्यहि बेला पर्यटकीय क्षेत्र दरबारमार्गमा चलचित्रकी एक नायिका पुजना स्त्री निकै ठुलो पानीमा सडकमा भिज्दै नाचिरहेको देख्दा पानीबाट बँच्न विभिन्न भवनमा अडेस लगाएका मानिसहरु अचम्ममा परे ।

10712899_908415712521176_1967693053749500917_nत्यति बेला सबैको आँखा मुसलघारे पानीमा रुझिरहेकी पुजनाको शरिरमा गएको थियो । त्यहि बेला कलाकार तथा निर्देशक निर्मल शर्माले एक्सन भन्दा पो सबै छक्क परे पुजना त चलचित्रको कुनै दृश्यमा पो नाचिरहेकी रैछिन् भन्ने । पूजनाकै प्रस्तुतीमा तयार भएको चलचित्र चकलेटको एक गीतको छायंकनमा पुजना पानीमा रुझिरहेकी थिइन् ।

1013364_908062249223189_5523840789858008788_nनिर्मल शर्माले निर्देशन गरेको चलचित्र चकलेटमा पुजना फाटेको लुगामा अभिनय गरिरहेकी थिइन् त्यसैले पनि होला दरबार मार्गमा देखिएका सबैको आखाँ पुजनाको झिजेको शरिरमा नै गएकोे थियो । उनलाई केही बालबालिकाले पनि साथ दिएका थिए । कहिले एक्लै त कहिले बालबालिकाको साथमा पुजना उक्त मुसलघारे पानीमा रुझिरहेकी थिइन् । बब्बु थापाको कोरियोग्राफीमा छायांकन भएको गीतमा आस्था रावतको स्वर, अर्जुन पोख्रेलको संगीत छ ।

10641203_908062295889851_4589785620622758961_nखुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेको फिल्ममा पूजनाका अलवा आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, सुमन गैरे, सुनिता ठाकुर लगायतका कलाकारको अभिनय छ । ‘चक्लेट’ मा सुदीप बरालको छायांकन छ । चलचित्रको नेपाल प्रदर्शनअघि हङकङ, अष्ट्रेलिया लगायतका देशमा शो गरिने बताइएको छ ।

%d bloggers like this: