Fri. Apr 19th, 2024

howपछिल्लो समय नेपाली सिनेनगरीमा विभिन्न चलचित्रहरु भित्रने क्रममा अब चलचित्र हाउ फन्नी निर्माण हुने भएको छ । चलचित्रको नामनै हाउ फन्नी भएका कारण चलचित्र निकै मनोरञ्जनात्मक पुर्ण रहेने चलचित्र युनिटले बताएको छ । आज काठमाडौंको पाँचतारे होटल र्याडिसनमा पत्रकार सम्मेलन गरि चलचित्र युनिटले चलचित्र हाउ फन्नी निर्माण गर्ने घोषण गरिएको छ । मंसिर ३ गतेबाट छायंकन सुरु हुने बताइएको चलचित्र हाउ फन्नीलाई निलु डोमा शर्माले निर्देशन गर्ने छिन् । त्यस्तै चलचित्र हाउ फन्नीलाई नायिका माल्भिका सुब्बाले चलचित्रलाई निर्माण गर्ने छिन् ।पहिलो पटक र्निमात्री बनेकी माल्भिका सुब्बा चलचित्र हाउ फन्नीलाई लिएर निकै हौसिएकी छिन् ।how funnyचलचित्रमा दयाहागं राई,केकी अधिकारी,प्रियका कार्की,अनुप विक्रम शाही,निशा अधिकारी आदी कलाकारहरुको मुख्य भुमिका चलचित्रमा रहने छन् । चलचित्रलाई हरी हुमागाईले खिच्नेछन् भने सैलेन्द्र श्रेष्ठ र सुरेश अधिकारीको चलचित्र हाउ फन्नीमा संगीत रहने छ ।

%d bloggers like this: