पछिल्लो समय नेपाली सिनेनगरीमा विभिन्न चलचित्रहरु भित्रने क्रममा अब चलचित्र हाउ फन्नी निर्माण हुने भएको छ । चलचित्रको नामनै हाउ फन्नी भएका कारण चलचित्र निकै मनोरञ्जनात्मक पुर्ण रहेने चलचित्र युनिटले बताएको छ । आज काठमाडौंको पाँचतारे होटल र्याडिसनमा पत्रकार सम्मेलन गरि चलचित्र युनिटले चलचित्र हाउ फन्नी निर्माण गर्ने घोषण गरिएको छ । मंसिर ३ गतेबाट छायंकन सुरु हुने बताइएको चलचित्र हाउ फन्नीलाई निलु डोमा शर्माले निर्देशन गर्ने छिन् । त्यस्तै चलचित्र हाउ फन्नीलाई नायिका माल्भिका सुब्बाले चलचित्रलाई निर्माण गर्ने छिन् ।पहिलो पटक र्निमात्री बनेकी माल्भिका सुब्बा चलचित्र हाउ फन्नीलाई लिएर निकै हौसिएकी छिन् ।
चलचित्रमा दयाहागं राई,केकी अधिकारी,प्रियका कार्की,अनुप विक्रम शाही,निशा अधिकारी आदी कलाकारहरुको मुख्य भुमिका चलचित्रमा रहने छन् । चलचित्रलाई हरी हुमागाईले खिच्नेछन् भने सैलेन्द्र श्रेष्ठ र सुरेश अधिकारीको चलचित्र हाउ फन्नीमा संगीत रहने छ ।